७ पुस २०८२, सोमबार | December 22, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चुकः गृहद्वारा छानबिन समिति गठन



काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसाविना नै एक व्यक्ति पुगेको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै गृहले शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई काम थालेको मितिदेखि सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही ९ फागुन सोमबार राति १०ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानको बिजनेस क्लासमा पासपोर्ट, भिसाविना नै रौतहटका १८ वर्षीय मोहम्मद शेख आलम पुगेका थिए ।

 

गृह मन्त्रालयको विज्ञप्ति

यही २०७८ फागुन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसा विना नै एक व्यक्ति पुगेको घटना विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको हुँदा घटनाका सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले ७ ९सात० दिन भित्र प्रतिवेदन पेश गर्ने गरी अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानविन समिति गठन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

फणिन्द्रमणि पोखरेल
सहसचिवरप्रवक्ता

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ०२ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत