४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंमा तरकारी पसलेबाट कोरोना परीक्षण सुरु, जनसम्पर्कमा रहने सबैको परीक्षणको तयारी



काठमाडौं। काठमाडौं उपत्यकाका सर्वसाधारणको अग्रभागमा रहेर काम गर्ने सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ ।

जनसम्पर्कको पहिलो पङ्तीमा रहने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको पहिलो चरणमा परिक्षण गरिने र क्रमस अन्य नागरिकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार आजै देखि कोरोना परीक्षण थालिनेछ । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरिएको छ । परीक्षणमा यदि कसैलाई पोजेटिभ देखिए उसको ‘कन्ट्याक ट्रेसिङ’ गरेर पीसीआर गरिने तयारी मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १२ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको