७ पुस २०८२, सोमबार | December 22, 2025

स्याउ किसानको बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान



जुम्ला । जुम्लाका स्याउ किसान यति बेला बगैँचा व्यवस्थापानमा व्यस्त छन् । यही अवसरलाई सदुपयोग गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याउ सुपरजोन कार्यालय जुम्लाले स्याउ किसानको लागि बगैँचामा तालिम दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय स्याउ सुपरजोन जुम्लाले यसपटक किसानको बगैँचामै गएर तालिम दिएको हो ।

कार्यालयले चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० स्थानका किसानलाई तालिम दिएको सुपरजोन कार्यालय जुम्लाका कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन । तालिममा रोगकिरा व्यवस्थापना, बगैँचा व्यवस्थापन तथा काँटछाँट व्यवहारिक तालिम दिएको छ । उनले भनिन, ‘एक ठाउँमा २५ जनाका दरले तीन सय ७५ जनालाई बगैँचा व्यवस्थापनसम्बन्धी सिप सिकाएका छौं ।’

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार स्याउ लगाएपछि किसानले बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिएपछि गुणस्तरीय स्याउ फल्दैन थिए । किसानले ध्यान दिएर व्यवस्थापन गरे राम्रो फल लाग्ने र बजार मूल्य पनि बढी हुने बताए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ०० बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत