१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

भारतीय दादागिरी पूर्वको पाँचथरमा पनि, जंगे पिलरभन्दा सयमिटर भित्रको नेपाली भूमिमा एसएसबीको दाबी



ताप्लेजुङ । भारतको नेपाल माथिको भौगोलिक अतिक्रमण अब पूर्वको पाँचथरमा पनि देखिएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतको सीमा सुरक्षा बल एसएसबीले नेपाली निर्माण संरचनामा रोक्न दबाब दिएको हो ।

फालेलुङ गाउँपालिकाले आहाल कबुलियती वनको आहाल भन्ने स्थानमा पर्यटन संग्रहालय बनाउन सुरु गरेको थियो ।

गत वैशाख २४ बाट भवन निर्माण थालिएकोमा एसएसबीले २७ गते काममा अवरोध पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले बताउनुभयो ।

एसएसबीको अवरोधपछि गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङसहित स्थानीय जनप्रतिनिधि, सशस्त्र र नेपाल प्रहरीको टोलीले त्यस स्थानको अनुगमन गरी भारतीय सुरक्षाकर्मीसँग छलफल गरेको थियो ।

सो छलफलमा पनि एसएसबीले नयाँ नक्साअनुसार एक सय मिटरसम्मको क्षेत्र भारतको रहेको दाबी गर्दौ त्यहाँ बनाउने कुनै पनि संरचनालाई भत्काउने चेतावनी दिएको थियो ।

गाउँपालिकाले सबै घटनाक्रमबारे जिल्ला प्रशासनमार्फत केन्द्र सरकारलाई जानकारी गराएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ३ : १४ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई