१६ भदौ २०८३, मंगलबार | September 2, 2026

एनआरएनए मतदाता नामावलीप्रति प्रमुख संरक्षक घलेले जनाए आपत्ति (पत्रसहित)



काठमाडौं । गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधानविपरीतका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन् ।

संघका प्रमुख निर्वाचन अधिकृतलाई आइतबार एक पत्र लेख्दै प्रमुख संरक्षक घलेले विधानविपरीत चयन भएका १ हजार बढी मतदातालाई सूचीबाट नहटाएसम्म निर्वाचन प्रकृया अगाडि नबढाउन समितिलाई आग्रह गरेका छन् । घले संघले हालै गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत हुन् ।

प्रतिनिधि सूचीको विषयमा विवाद भएपछि संघको महाधिवेशन अन्यौलमा पर्दै आएको थियो । उच्चस्तरीय समितिका सदस्य समेत रहेका अध्यक्ष कुमार पन्तले एक पक्षीय रुपमा विवादित मतदाता सूची निर्वाचन समितिलाई पठाए पछि विवाद चर्किएको दाबी अर्को पक्षको छ ।

उच्चस्तरीय समितिद्वारा संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समितिले कुल ३ हजार ६ सय मतदातामध्ये करिब १ हजार मतदाता तोकिएको मितिभन्दा पछि थपिएको निचोड निकालेको थियो ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/02/Letter-to-CEC-Shesh-Ghale-27.02.2022.pdf”]

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : १५ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि