१४ असार २०८३, आइतबार | June 28, 2026

बाँके जिल्ला लिग फुटबल : युनाइटेड युथ क्लब विजयी



नेपालगन्ज । बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार युनाइटेड युथ क्लबले जित हासिल गरेको छ ।

युनाइटेडले नेपालगन्ज रंगशालामा भएको खेलमा नवदुर्गा युवा क्लबलाई ४–० ले पराजित गरेको छ । युनाइटेडका लागि विभुषण केसीले २ गोल, संजय सुनार र प्रकाश बमले समान १–१ गोल गरे । विभुषणले ३५ औं  र ४५ औं मिनेटमा गोल गरेका थिए । संजयले ३२ औं र प्रकाशले ६८औं मिनेटमा गोल गरे । यसैगरी आइतबारको अर्को खेलमा बुद्ध युवा क्लब र मोडेल टिमबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बुद्धको तर्फबाट रितेश सिंह ठकुरीले गोल गरेका थिए भने मोडेलका अनिस कुमार सुनारले एक आत्मघाती गोल गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।

समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ३७ बजे

कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा, दुवै टोली नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम

बेलिङघम र केन चम्किँदा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । जुड बेलिङघम र कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित