१६ बैशाख २०८३, बुधबार | April 29, 2026

युक्रेनमा फसेका २४४ नेपाली सुरक्षित गन्तव्यमा



काठमाडौं । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२÷१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरु दोस्रोमूलुक जान रोकिएका छन् ।

उनीहरुले आज साँझसम्म सीमा क्रस गर्न सक्ने अनुमान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए । उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले सङ्घका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ परिचालित भएको जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १ : २० बजे

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी