१६ बैशाख २०८३, बुधबार | April 29, 2026

शिवरात्रिमा पशुपतिको ट्राफिक जाममा फसिएला, यी वैकल्पिक बाटो प्रयोग गर्नुस



काठमाडौं । ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतका लागि ट्राफिक व्यवस्थापन मिलाएको हो ।

महाशाखाले विभिन्न नाका हुँदै पशुपति मन्दिरभित्र प्रवेश गर्ने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङकोसमेतको प्रबन्ध मिलाएको छ । टाढा–टाढाबाट पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भएकाले भक्तजनको सुविधाका लागि महाशाखाले उक्त व्यवस्था मिलाएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतोपुल, गौरी घाटबाट गौशालातर्फ जाने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ । पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनका लागि सिफलचौर, गुह्येश्वरीपारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलङ्गा करिडोरमा पर्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

भक्तजन तथा सवारी साधनको चाप हेरेर विभिन्न नाकाबाट आवश्यकताअनुसार डाइभर्सन गर्नुका साथै प्रवेशमा रोकसमेत लगाइने भएको छ । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातो पुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जयबागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए ।

उहाँले तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरिघाट र तिलगङ्गा क्षेत्र भई चल्ने मालबाहक सवारी साधन सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने समेत बताए । महाशिबरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महाशाखाले ८०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ ।

महाशाखाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चावहिल, गौशाला, तिलगङ्गा हुँदै अन्य स्थानमा जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ५४ बजे

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको धानखोला-लमही सडक स्तरोन्नति सुरु

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि