५ श्रावण २०८३, मंगलबार | July 22, 2026

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी भए भने उनका प्रतिद्वन्दी मानबहादुर धामी ९सन्तोष०ले ९३ मत पाएका छन् ।

प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् । सचिवमा जनक बुढा (बझाङ), सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमलकुमारी शाह (बाजुरा) विजयी भएका छन् ।

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मङ्सिरमा अध्यक्ष पदका आकांक्षी धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ सदस्यमात्रै छनोट गरेको थियो । सोमबार साँझ निर्वाचन प्रक्रियामार्फत प्रदेश समितिका पदाधिकारी चयन भएका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ४० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं