२४ बैशाख २०८१, सोमबार | May 6, 2024

टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सेना दिवस मनाइयो



काठमाडौं । नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस’ मनाएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमखि अतिथि रहेकी थिइन् ।

सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।

सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘महाशिवरात्री तथा सेना दिवस –२०७८’ लेखिएको व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिएको थियो ।

टुँडिखेलमा सेनाले राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरेको थियो ।

टुँडिखेलमा विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्चार तथा हवाई सुरक्षा सम्बन्धी विभिन्न हात÷हतियार, भेहिकल तथा उपकरण र विभिन्न संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो ।

समारोहमा राष्ट्रपतिले ‘सिपाही बार्षिक–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाल आर्मी’ नामक पुस्तकको विमोचन गरेकी थिइन् ।

‘महाशिवरात्री तथा सेना दिवस–२०७८’ को अवसरमा बहालवाला रथी ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना, अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र गैह्र सैनिक ४३ जना गरि जम्मा ७१५ जनालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ४ : ५८ बजे

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ