१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाँके कांग्रेसमा चुनावी महोल तात्यो, सुरेन्द्र हमाल संस्थापनका आधिकारिक उम्मेदवार घोषणा



नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको अधिवेशन नजिकिँदै जाँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ । जिल्ला सभापतिका लागि उम्मेदवारहरुले आ आफ्नो दाबी प्रस्तुत गर्दै मतदाता आकर्षण गर्न थालेका छन् ।

संस्थापन निकटका दुईजनाको उम्मेदवारी परेपछि दुबै जनाले आफुलाई संस्थापनको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । संस्थापनबाट उम्मेदवारी दिएका सुरेन्द्र हमाल र बादशाह कुर्मी दुबैले आफुलाई आधिकारिक उम्मेदवार दाबी गरिरहँदा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले भने संस्थापन समूहको उम्मेद्वार सुरेन्द्र हमाल भएको घोषणा गरेका छन् ।

बाल्मिकीले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर कांग्रेसका प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले आफुलाई बाँकेको आधिकारिक उम्मेद्वार हमाल रहेको खबर गरेको खुलासा गरेका छन् । बालुवाटारबाटै आएको निर्देशन अनुसार हमाललाई संस्थापन पक्षको उम्मेद्वार रहेको मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हमाल आधिकारिक भएको बाल्मिकीले घोषणा गरेका हुन् ।

अर्का उम्मेदवार बादशाह कुर्मीले मंगलबार विहान नै आफू संस्थापन पक्षको आधिकारिक उम्मेदवार रहेको जानकारी गराएका थिए । सहमहामन्त्री किशोर सिंह राठौरले कुर्मी र हमाल दुबै संस्थापनका आधिकारिक उम्मेदवार भनिदिएपछि मतदाताहरु भ्रमित बनेका थिए । कांग्रेस बाँकेको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन इतरबाट नारायण गौडेलको उम्मेदवारी रहेको छ ।

बाँकेमा १९ गते हुने अधिवेशनमा जिल्लाभरिका करिव १४८० जनाले मतदान गर्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : ३६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू