६ श्रावण २०८३, बुधबार | July 22, 2026

हत्या गरी फरार अपराधी ३१ बर्ष पछि पक्राउ



बाजुरा । बाजुरा प्रहरीले हत्या गरेर फरार रहेका एकजना अभियुक्तलाई ३१ वर्षपछि पक्राउ गरेको छ । २०४८ सालमा बाजुराको साबिक जयबागेश्वरी गाँउबिकास समितिका स्थानीय शंकर धामीको हत्या गरेर फरार रहेका मिनबहादुर सिंहलाई हत्या गरेको ३१ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो । सिंहलाई धनगढीको सन्तोषी टोलबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको घटना विवरण अनुसार २०४८ असोज ६ गते बेलुका ४ः३० बजेको समयमा जिल्ला बाजुरा, साविक जय बागेश्वरी गाविस २ हाल खप्तडछेडेदह २ बस्ने जगत बहादुर सिंह सोही स्थानका शंकर धामीबीच भैसीले कोदोबाली खाई नोक्सान गरेको सम्बन्धमा बिवाद हुँदा जगत बहादुर सिंह समेतका केही समुहले शंकर धामीलाई बाँधी कुटपिट गरी रहेको अवस्थामा मिन बहादुर सिंहले आफ्नो हातमा रहेको भैसी बाँध्ने काठको किलोले शंकर धामीको टाउको हान्दा बेहोस भएर लडेको र बेहोसकै अवस्थामा जगत बहादुर सिंहले हसियाले अन्धाधुन्द रुपले टाउको माथि, दाहिने कञ्चट र दाहिने काखमुनी प्रहार गरी निर्ममता पुर्बक हत्या थियो ।

सोही घटनाका सम्बन्धमा पुनराबेदन अदालत दिपायलले २०५४ भाद्र २५ गते मिन बहादुर सिंह समेतका प्रतिबादीहरुलाई जन्म कैदको फैसला गरेकोमा सिंह फरार रहँदै आएका थिए । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा सिंहलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज अ‍ोझाले बताए ।

पक्राउ परेका सिंहलाई आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय बाजुरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालको उपस्थितीमा भएको पत्रकार सम्मेलनमा प्रहरीले सिंहलाई सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : २५ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९