१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

गाउँमा सिंहदरवार आउँछ भन्थे चुनाव जितेपछि नेता समेत फर्केनन्



डडेल्धुरा । महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका-१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ ।

साँझ पर्‍यो कि झिलिमिली हुन्छ, ताम्ली गाउँ। तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धाकारमय छ। चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा।

भारतीय गाउँमा बिजुली बलिरहँदा उनी भने अन्धाकारमा बसिरहेका छन् । भारतीय बजारबाट किनेर ल्याएका सोलारको धिपधिप उज्यालोले चित्त बुझाइरहेकी छन्, उनी । उनी भन्छिन्, ‘सोलार पनि कहिले बल्छन्, कहिले बल्दैनन् । बादल र पानी परेको दिन सोलार नबलेपछि रात काट्नै समस्या हुन्छ ।’

गाउँमा खानेपानी पनि छैन्, एक घण्टा हिँडेर पानी बोक्नु पर्ने स्थानीय पदमसिंह थलाल बताउँछन् । नेपाल टेलिकमको टावर नहुँदा भारतीय सिम प्रयोग गर्ने गरेकाे उनी बताउँछन्।

‘हामी नेपालमा छौं कि भारतमा कहिले काहि झुक्किन्छौं ,’ उनले भने, ‘नेपाल सरकारले हामीलाई हेर्दैन् । भारतीय पक्षले महाकाली पारी नेपाल भन्छ। उताको विकास देख्न पाइन्छ। भोग्न पाइँदैन् ।’

उनले देशमा जुनसुकै पार्टीको सरकार आए पनि विकासकाे अनुभव गर्न नपाएकाे बताए। ‘प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्लाका नागरिक भए पनि हामी नेपालबाट टाढा छौं तर, नेपाली भूमिमै छौं,’ उनले भने।

स्थानीय भन्छन्- सिंहदरवार पुगेन्
यहाँका बासिन्दा दैनिक नुन, तेल ल्याउन समेत भारतीय बजारकाे भरमा छन् ।

सरकारले चुँडी गाउँको विकास नगरे पनि महाकालीमा पुल राखिदिए मात्रै पनि सहज हुने स्थानीय लोकबहादुर ठकुराठीको भनाइ छ । देश संघीयतामा गएपश्चात गाउँगाउँमा सिंहदरबार आउने चर्चा चल्यो ।

सिंहदरबार नदेखेका दुर्गम गाउँका यी नागरिक पनि विकासको लहर आउँछ भन्ने सोचे पनि त्यसो नभएको ठकुराठीको भनाइ छ। देश संघीयतामा गएको चार वर्षभन्दा बढी भइसक्दा समेत नागरिकले सिंहदरबारको अनुभुति गर्न नपाएकाे उनी बताउँछन् । करिब ३० घर रहेको यो गाउँमा घोरेटो बाटोसम्म छैन्।

‘हाम्रा दु:ख यस्तै थिए। अझ यस्तैं छन् । कहिलेसम्म यस्तो रहने हो थाहा छैन्,’ स्थानीय महेश ऐडी भन्छन्, ‘सिंहदरबार आउँछ भनेर चुनाव जितेका जनप्रतिनिधिले गाउँको विकासमा एक रत्ति ध्यान दिएका छैनन्।’

उनी भन्छन्, ‘सिंहदरबार त त्यस्तै हो हाम्रो गाउँमा चुनाव जितेपछि जनप्रतिनिधि समेत पुगेका छैनन् ।’

दुर्गम बस्ती चुँडी गाउँमा कोही बिरामी पर्दा पाँच घण्टा बोकेर भारतीय अस्पतालमा पुर्‍याउनु परेको ऐडीको भनाइ छ। यातायातको सुविधा नहुँदा पाँच घण्टाको पैदल यात्रा गरेर अस्पताल पुर्‍याउनु पर्ने अवस्था रहेको उनको भनाइ छ।

गाउँमा विद्यालय नहुँदा विद्यार्थीहरू दुई घण्टा हिडेर पत्तरम भन्ने ठाउँमा पुग्ने गरेको लोकबहादुर ठकुराठीेले बताए । उनी भन्छन्, ‘हिड्न सक्ने विद्यालय गएर पढ्छन् नस्कने घरको काम गर्छन् ।’

सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याए पनि चुँडी गाँउमा हिँड्ने गोरेटो बाटोको समेत व्यवस्था नगरिदिएको उनको भनाइ छ। वडा कार्यालय पुग्नको लागि पाँच घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  २ : ०७ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी