२१ मंसिर २०८२, आइतबार | December 8, 2025

जथाभावी फोहोर रोक्न घरघरमा स्टिकर टाँस्दै तिलोत्तमा नगरपालिका



बुटवल । सार्वजनिक ठाउँमा फोहर फाल्न रोक्नका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरघरमा स्टिकर टाँस्न थालेको छ । सरसफाई अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्दै नगरपालिकाले फोहर जथाभावी फ्याँक्न रोक्नका लागि यस्तो अयिान चलाएको हो ।

प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो । नगरपालिकामा नियमित रुपमा टोल विकास संस्थामार्फत् नियमित रुपमा समुदाय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।

यही अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नगरबासीलाई थप सचेत गराउन स्टिकर टास्ने कार्य अघि बढाइएको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको समन्व्यमा घर—घरमा सरसफाई गर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गर्न सुरु गरेको छ । सार्वजनिक स्थान, विद्युत्पोल, मुख्य चोकहरुमा समेत सचेतना अभिवृद्धिको लागि स्टिर टाँस गरिनेछ । प्रतिबद्धता स्टिकर टाँस गरी सबै घरधनीबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने गरी यो अभियान थालिएको हो ।

प्रतिबद्धता स्टिकर टाँसपछि जथाभावी फोहोर गर्नेलाई निरुत्साहित र घर, परिवार, टोल, समुदाय सफा राख्नेलाई पुरस्कृत गरिने नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेलले बताए । उनका अनुसार नगरमा रहेका खानेपानी उपभोक्ता संस्थासँगको सहकार्यमा टोल विकास संस्थाहरुले यो अभियान हरेक नगरबासीको घरमा पु¥याउनेछन् ।

यसैक्रममा सोही अभियानको सन्दर्भमा नगरपालिका, सञ्जाल र शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संयुक्त आयोजनामा बिहीबार वडा नं। १, २, ३ र ४ का टोल सञ्जालका पदाधिकारी तथा खानेपानीका पार्षद्हरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको भएको छ । त्यसअवसरमा नगर प्रमुख बासुदेव घिमिरेले टोल विकास संस्था र खानेपानी सेवा क्षेत्रका पदाधिकारीहरुलाई स्टिकर हस्तान्तरण गरे ।

कार्यक्रममा नगर प्रमुख घिमिरेले पूर्णसरसफाई उन्मुख नगरपालिकालाई दिगो बनाउन स्टिकर अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले नगरबासीको सहयोग र सहकार्यले तिलोत्तमाले विभिन्न रचनात्मक काम गरेको बताउँदै यो सरसफाई अभियन्ताहरुप्रति आभार व्यक्त समेत गरे । यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणानिधी पोखरेलले तिलोत्तमामा निर्माणका क्रममा रहेका खानेपानी आयोजना छिट्टै सम्पन्न हुने क्रममा रहेको बताउँदै आयोजना सम्पन्न हुँदा सबै नगरबासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने बताए ।

त्यसअवसरमा मुलुककैं उत्कृष्ट खानेपानी आयोजनाको रुपमा शंकरनगर खानेपानी संस्थालाई विभागको तर्फबाट प्राप्त भएको सम्मान पत्र अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो । यस्तै टोल विकास संस्था सञ्जाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

खानेपानी संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर भट्टराईको स्वागत, सचिव कमला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा वडा नं। ३ का वडाध्यक्ष टंकप्रसाद तिवारी, खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेल, नगरपालिकाकी वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे, वातावरण शाखाका गोरखनाथ खनाललगायतले बोलेका थिए ।

यसअघि नगरपालिकाले करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा यस्तै प्रकारको कार्यक्रम गरी स्टिकर टाँस अभियान सुरु भैसकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ७ : १७ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब