१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

रुपन्देहीमा नेवाः समुदायको साझा छाता संगठन निर्माण गर्ने तयारी



बुटवल । नेवाः भाषा, संस्कृति र सम्पदा संरक्षण गर्न भन्दै रुपन्देहीमा धेरै नेवाः संघसंस्थाहरु खुलेपनि सबै संस्थाहरुलाई समेटेर एउटा साझा छाता संस्था बनाउन आवश्यक रहेकोमा नेवाः अगुवाहरुले जोड दिएका छन् । नेवाः दय दबुको संयोजनमा आज बुटवमा भएको नेवाः संस्थाहरुको बैठकमा बोल्ने वक्ताहरुले रुपन्देहीमारहेका सम्पूर्ण नेवाः समुदायलाई एउटै छातामुनी गोलबन्द गर्न छाता संगठनको आवश्यकता रहेको बताए । उनीहरुले नेवार समुदायलाई गोलबद्घ गर्दै नेवारी भाषा र संस्कृति संरक्षण गर्ने उद्येश्य प्राप्तिका लागि अलग अलग अस्तित्वमा रहेका नेवारी संघसंस्थाहरुलाई एकताबद्ध गर्न जरुरी भएको औंल्याए ।

बैठकले आदीबासी जनजाती प्रतिष्ठानबाट मान्यता पाएको नेवाः दय दबुलाई नै सबैको साझा संगठन बनाउन सकिने भन्दै दय दबुमा जिल्लमा रहेका सबै नेवारी संस्थाहरुलाई आवद्ध बनाएर लैजाने निर्णय भएको नेवाः दय दबुका केन्द्रीय सदस्य महेन्द्र लिगलले जानकारी दिए ।

नेवाः दय दबुको रुपन्देही जिल्ला अधिवेसन फागुन अन्तिम सातामा गर्ने र त्यसै संस्थामा आधिकारीक निकायमा दर्ता भएका सबै नेवारी संघ संस्थाहरुलाई संस्थागत आवद्धता प्रदान गर्ने सहमती भएको लिगलले बताए ।

दबुका केन्द्रीय सदस्य लिगलले नेपालको गौरवपुर्ण ईतिहासमा नेवार समुदायको योगदानलाई सहि मुल्यांकन गर्न नसकेको गुनासो गरे । उनले यसको लागि निरन्तर लडाई लड्नुपर्ने बाध्यता रहेको बताउँदै स्थानिय पालिकास्तरमा धेरै कार्यक्रमहरु गरेको भएपनि सरकारीस्तरबाट प्राप्त गर्ने बजेट पर्याप्त पार्न नसकेको बताए ।

कार्यक्रममा बोल्दै दबुका कार्यबाहक अध्यक्ष रुद्र श्रेष्ठले सबै विचार र आस्थाका नेवारहरुको साझा संस्था बनाउने गरि आफुहरु अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लाका सम्पुर्ण खलः पुचः का ५÷५ प्रतिनिधि उपस्थित रहने गरि जिल्ला अधिवेशनको आयोजना गर्ने र त्यसैबाट नयाँ नेतृत्व चयन गरेर अगाडी बढ्दा राम्रो हुने धारणा राखे ।

नेवाः सेवा समाजका अध्यक्ष चिरन्जिवी श्रेष्ठले महासंघको अवधारणामा गएर साझा छाता संगठन बनाएर जानु पर्नेमा जोड दिए ।

पत्रकार शरण कर्माचार्यले रुपन्देहीमा हरेक सामाजिक क्षेत्रमा नेवारहरुको निर्णायक संख्या रहेपनि निर्णायक उपस्थिती हुन नसकेको बताए । उनले सबै नेवाः संघ संस्थाहरुलाई एउटै छातामुनी गोलबन्द गर्न सके रुपन्देहीमा हरेक निकायमा नेवाः समुदायले भनेकै निर्णय हुन सक्ने दाबी गरे । उनले नेवारी संस्थाहरुलाई राजनीति भन्दा माथि उठेर साझा बनाउने गरि अगाडी बढनुपर्ने सुझाव दिए ।

कार्यक्रममा संस्थाका सचिव लक्ष्मण कुमार श्रेष्ठ, सल्लाहकार दुर्गा श्रेष्ठ, सिपि श्रेष्ठ लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ७ : ५३ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज