२ असार २०८३, मंगलबार | June 16, 2026

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज, के के छन् सरकारी प्राथमिकता ?



काठमाडौं । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

विभिन्न मन्त्रालयहरुले तयार गरेको कार्यक्रमको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नीति तथा कार्यक्रम तयार गरेको छ ।

कोरोना भाइरसको महामारीका बीच आउन लागेको नीति तथा कार्यक्रमलाई महामारीबाट राष्ट्रिय अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न प्रयास गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारी र अर्थतन्त्रको पुनरुत्थानलाई मुख्य प्राथमिकतामा राखिएको बताइएको छ ।

नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाको विस्तार, पूर्वाधार, औषधी, उपकरण उत्पादन आदिमा जोड दिइएको छ ।

नीति तथा कार्यक्रममा सरकारले आत्मनिर्भरता, औद्योगिक उत्पादन वृद्धि र निर्यातलाई जोड दिएको छ।यस्तै, कृषि क्षेत्रको उत्पादनको सुनिश्चितता र स्वरोजगार सिर्जना गर्ने, सम्भावित जोखिमलाई बाली तथा पशुपंक्षी बीमा मार्फत संरक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

विपन्न एवं न्यून आयकर भएका जनता समेत बीमाको पहुँच विस्तार गर्न लघु बीमामा समेत कृषि तथा पशुपंक्षी बीमामा सरकारबाट ७५ प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था समेत मिलाइएको छ ।

नीति तथा कार्यक्रम मानवीय स्वास्थ्य, कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको हुने छ ।

राष्ट्रपतिले आज पेश गर्ने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते अर्थमन्त्रीले सरकारको वार्षिक बजेट पेश गर्नेछन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ४८ बजे

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको

“सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ”

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा,

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका