१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै



काठमाडौं । सरकारले आज मध्यान्ह प्रस्तुत गर्ने तयारी गरेको नीति  तथा कार्यक्रमका बिषयमा छलफल गर्न अहिले बिहान नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्नु भएको छ ।

आजै दिउसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि त्यसको तयारी र सरकारले तयार गरेको निति तथा कार्यक्रमका बिषयमा पार्टीका नेताहरुलाई जानकारी गराउन सचिवालयको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान साढे ८ बजे बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

यसअघि बैशाख ३१ गते तय भएको पार्टीको स्थायी कमिटीको बैठक स्थायी कमिटी सदस्य भिम रावलको पिएसओलाई कोरोना पोजिटिभ देखिएको भन्दै स्थगित गरिएको थियो ।

सरकारका संचालनका बिषयमा पार्टीसंग सल्लाह नगरेको र आफु खुी सरकार संचालन गरेको भन्दै नेकपाका २० जना स्थायी समिती सदस्यहरुले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई पत्र बुझाए पनि अहिले सम्म बैठक बस्न सकेको छैन ।

बैशाख ३० गते मात्र दुई अध्यक्ष बिच बिबादका बिषयहरु उठान नगर्ने सर्तमा स्थायी कमिटी बैठक बोलाउने सहमती गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ५१ बजे

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा