१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बाटो नहुँदा अर्कै प्रदेशको बाटो भएर पालिका पुग्छन् त्रिवेणीवासी



पोखरा । विनयी त्रिवेणी १ बहुवनमा बर्सनि खोलाकै कारण मान्छेको ज्यान जान्छ । कोही बगेर त कोही खोला तर्न नसक्दा उपचार नपाएपछि ज्यान गुमाउँछन् । एकातिर जंगली जनावरको आतंक, अर्कोतिर नदी डुवानको त्रास । त्राहीत्राहीमै दैनिकी चलाइरहेका छन्, बहुवनका नागरिकहरू । हिउँदको बेलामा समेत मान्छे डुबाउने पानी बग्ने ठाउँमा बर्खाका बेला खोला तर्न सक्ने कुरै हुँदैन । धेरै पटकसम्म पुल बनाइदिन सरकारसँग हारगुहार गरे पनि पुल नबनेपछि त्यस क्षेत्रका डेढ सयभन्दा बढी घरधुरीका नागरिकहरूले सास्ती खेप्दै आएका छन् । पुल नभएकै कारण गाउँमा परेका विकास निर्माणका योजना कार्यान्वयन हुँदैन । सिँचाई, खानेपानी, भवन निर्माण जस्ता काम सामान लैजाने पुल नहुँदा रोकिएको छ ।

त्यहाँका नागरिकहरू आफुलाई गण्डकी प्रदेशभन्दा अरु नै प्रदेशमा गाभिदिन माग गर्छन् । स्थानीय सुरेश ढेंगा भन्छन्, ‘कि चितवन कि बुटवलमा गाभ्नुपर्‍यो । कि त यो बाटो खोल्नपर्छ । त्रिवेणीको मान्छेलाई कति दुख छ रु पोहोर–पोहोर खोलामा हिमपाईप हालेर मोटरसाईकल ताथ्र्यौं । अहिले त हिमपाइप हाल्न पनि मिलेन ।’

बाटोको पहुँच नहुँदा विनयी त्रिवेणीको ६ र ७ नम्बर वडाका बासिन्दा पालिका कार्यालय पुग्न लुम्बिनी प्रदेशको बर्दघाटबाट जानुपर्ने बाध्यता छ । गण्डक बाँध, भैंसालोटन, गजेन्द्र मोक्ष धाम लगायत क्षेत्रका नागरिकहरू बर्दघाट पुगेर दुम्कीवासमा रहेको पालिका जान्छन् । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पितमबहादुर गुरुङले बाटो नभएकै कारण त्रिवेणीका जनताले सास्ती खेप्नु परेको गुनासो गरे । ‘सानो काम परेपनि अर्को प्रदेश पुगेर आफ्नो पालिका आउनुपर्छ । बाटो नहुँदा धेरै दुसख पाएका छौं,’ उनले भने, ‘यो सास्ती माथीको सरकारले कहिले सुन्छ रु’

बाटोकै कारण विकासबाट बन्चित छन्, त्रिवेणीवासी । वडा नम्बर ७ का अध्यक्ष गोपालबहादुर क्षेत्रीले हिउँदमा पनि खोला तर्न नसक्ने भएकोले पुल सहितको बाटो बनाईदिन आग्रह गरे । ‘बर्खामा त के हिउँदमा पनि खोला तर्न सकिँदैन । जंगलको बाटो छिचोल्न समस्या हुन्छ,’ उनले भने, ‘यो ट्रयाक खुल्यो भने सजिलो हुन्थ्यो ।’ त्रिवेणी क्षेत्र गण्डकीको दक्षिणी सिमाना हो ।

राज्य पुनः संरचनाको समयमा नवलपरासीलाई फुटाएर नवलपुरसहित गण्डकी प्रदेशलाई भारतीय नाकासँग जोडिएको छ । मुस्ताङ चीनसँग सिमाना जोडिएको जिल्ला हो । गण्डकी सरकारले पहिलो वर्षदेखि नै कोरला–सुस्ता सडकलाई ‘लाइफलाइन’को रुपमा अघि बढायो । सोहीअनुसार भन्सार व्यवस्थापनको लागि संघसँग माग गरेको छ । दुई देशबीचको सम्बन्ध संघ सरकार मातहत पर्छ । चीनले कोरला नाकामा भीमकाया भवन बनाएको छ । सबै प्रणाली जोडिसकेर भन्सारका लागि ऊ तयार भइसकेको छ । तर, नेपालतर्फ सुनसान छ । नेचुङस्थित २ कोठे टहरोबाट सिजनेवल भन्सारको काम गर्दै आएको छ । सुस्तामा पनि छोटी भन्सार व्यवस्थित छैन ।

त्यसबाहेक प्रदेशले उत्तर–दक्षिण जोड्ने सडक निर्माणका लागि धेरै पटक संघलाई अनुरोध गरेको छ । तर, सुनेको छैन । यो सडकमा सबैभन्दा समस्या चितवन राष्ट्रिय निकुन्ज जोडिएको त्रिवेणी क्षेत्रमा छ । दुम्कीवासदेखि त्रिवेणीसम्मको ८ किलोमिटर सडक वन क्षेत्रमा पर्ने भएकोले ट्रयाक खुलेको छैन । चार वर्षअघि त्यसको डीपीआर निर्माण र सहजीकरणका लागि वन मन्त्रालयलाई पत्र पठाईएको थियो । माघ दोश्रो साता मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काठमाडौं गएर फाइल अघि बढाउन आग्रह गरे । ‘यो सडक नागरिकको भावना मात्र होइन । प्रदेशको समृद्धिसँग जोडिएको हो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘यसको काम तुरुन्तै अघि बढ्नुपर्छ ।’

वन तथा वातावरण सचिव पेमनारायण कँडेलले फाइल अघि बढाए पनि अझै सडक बन्ने सुनिश्चितता भने छैन । उनले डीपीआरको काम तुरुन्तै सुरु गर्न सडक विभागलाई लेखी पठाएको बताए । यसबाहेक वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका पालना गर्ने र चितवन निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यसका लागि युनेस्कोसँग आग्रह गर्ने गरी सचिवस्तरीय निर्णय भएको बताए । दुम्कीवास त्रिवेणी खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्छ । निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने अनिवार्य शर्त छ । मुख्यमन्त्री पोखरलले त्रिवेणी क्षेत्रका नागरिकको विकासका लागि प्रदेश सरकारले प्याकेज तयार गर्न लागेको बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ३ : ३७ बजे

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका