१६ बैशाख २०८३, बुधबार | April 29, 2026

कांग्रेस महोत्तरीको सभापतिमा यादव निर्वाचित



महोत्तरी । नेपाली कांग्रेसको महोत्तरी जिल्ला कार्यसमितिको सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् ।

तीन जनाबीच भएको प्रतिस्पर्धामा दोस्रो हुनेले सुशीलकुमार यादवले समर्थन जनाएपछि उनलाई निर्वाचित घोषणा गरिएको हो । उनले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेका थिए ।

त्यस्तै, दोस्रो हुने सुशीलले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गरेका थिए ।

कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । पहिलो चरणमा कसैले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ ।

तर, दोस्रो हुने व्यक्तिले सहमति जनाएपछि पहिलो भएका नागेश्वरलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

कांग्रेसको १४ औँ महाधिवेशन क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो । मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएका छन् । यसअघि नेपाल विद्यार्थी सङ्घको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका उनी १३ औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेदवार थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : १० बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात