८ पुस २०८२, मंगलबार | December 23, 2025

कांग्रेस महोत्तरीको सभापतिमा यादव निर्वाचित



महोत्तरी । नेपाली कांग्रेसको महोत्तरी जिल्ला कार्यसमितिको सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् ।

तीन जनाबीच भएको प्रतिस्पर्धामा दोस्रो हुनेले सुशीलकुमार यादवले समर्थन जनाएपछि उनलाई निर्वाचित घोषणा गरिएको हो । उनले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेका थिए ।

त्यस्तै, दोस्रो हुने सुशीलले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गरेका थिए ।

कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । पहिलो चरणमा कसैले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ ।

तर, दोस्रो हुने व्यक्तिले सहमति जनाएपछि पहिलो भएका नागेश्वरलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

कांग्रेसको १४ औँ महाधिवेशन क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो । मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएका छन् । यसअघि नेपाल विद्यार्थी सङ्घको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका उनी १३ औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेदवार थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : १० बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको