१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

विद्यार्थी मृत्यु प्रकरण : पीडित परिवार कानुनी उपचारमा जाने भएसँगै १५ घण्टापछि निषेधाज्ञा हट्यो



लमजुङ । लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित जाहेरी दिने र प्रहरीले कानुनी उपचार खोज्ने सहमति भएपछि राति ९ बजे निषेधाज्ञा हटेको हो ।

लमजुङ क्षेत्रमा निषेधाज्ञा जारी भएपछि पीडित पक्षले बाइसजाँगरमा टायर बालेर प्रदर्शन गर्दै दिनभर सडक अवरुद्ध पारेका थिए । तनहुँको भानु नगरपालिका-९, बाइसजाँगर घर भइ लमजुङको सुन्दरबजार नगरपालिका-९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा ज्यान गएपछि तनाव सिर्जना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार सहमतिअनुसार घटनाको सूक्ष्म तरिकाले गम्भीर अनुसन्धान हुने, शव पोस्टमार्टम गर्ने, प्रहरीमा पीडितले लिखित जाहेरी दिनेछन् । यसअघि नियन्त्रमा लिइएका फ्युचर स्टार आवासीय माविका वार्डेन सरोज ओलिया र एक जना विद्याथीलाई प्रहरी नियन्त्रणमै राख्ने र संचालक बाबुराम पौडेललाई निगरानीमा राख्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : ०४ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट