१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

भक्तपुर अस्पतालमा खुलेको आइसियु सेवा बन्द



भक्तपुर । स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ ।

बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको बच्चाको आइसियु मेसु सरुवा भएलगत्तै बन्द भएको अस्पतालका कर्मचारीले बताएका छन् ।

अस्पतालका तत्कालीन मेसु डा गौतमले भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शय्याको एनआइसियु र १६ शय्याको अर्को आइसियु सञ्चालनमा ल्याइएको भए पनि आफ्नो सरुवा भएको केही दिन पछि नै बच्चाको आइसियु (आइसियु) बन्द भएको सुन्दा दुःख लागेको डा गौतमले बताइन । अस्पतालले बच्चाको आइसियु सञ्चालन गर्न थप छ जना नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन गरेकाले बन्द सेवा पुनः सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज गेलालले नमूनाका रुपमा सञ्चालित भक्तपुर अस्पतालमा बन्द आइसियु तत्काल सञ्चालनमा ल्याउनुपर्ने र अस्पतालबाट बिरामी निजी अस्पतालमा रेफर गर्ने कार्य रोक्नुपर्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीधर ढुङ्गेलले अस्पतालले विगतमा तयारी नै नगरी एनआइसियु सञ्चालन गरेकाले बन्द गर्नुपरेको जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ११ : ०२ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित