२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जमा अत्याधुनिक नगर भवन बन्दै



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ ।

टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा जानकारी दिए।

उपमहानगरपालिकाले १३ करोडको लागत लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उनले बताए । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले जानकारी दिए।

उनका अनुसार बेसमेन्टबाहेक तीनतले भवन बन्नेछ । तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुने छ । अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ । पार्किङमा १४ चारपाङ्ग्रे सवारीसाधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । -रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ११ : ३९ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट