१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका



काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान-अवतरण हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । समस्याग्रस्त अवस्थामा रहेको गौतम बुद्ध विमानस्थलको स्तरोन्नतिपछिको उपलब्धिले बिहीबारदेखि प्राधिकरणको इतिहासमा नयाँ उचाइ थपिएको छ । यो विमानस्थल सञ्चालनको तयारी राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगतिमा समेत उदाहरणीय बन्ने देखिन्छ ।

प्राधिकरणले बिहीबार आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले सहजै अनुमति पाउने भएका छन् । सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन् ।

विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्यांकका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाएका छन् । आजको नागरिक दैनिकमा मीनराज भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : २७ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट