२० मंसिर २०८२, शनिबार | December 7, 2025

जेठ ५ पछि पनि लकडाउन थप गर्ने सरकारको तयारी, मोडालिटी परिवर्तन हुने



काठमाडौं । सरकारले जेठ ५ गतेपछि थप गर्ने लकडाउनको तयारी सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण झन बढ्न थालेको भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले कोरोना कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सुझाव दिए लगत्तै लकडाउन थपको तयारी सुरु भएको हो ।

समितिले शुक्रबार लकडाउन कसरी व्यवस्थित बनाउने र कोरोनाको जोखिम कसरी घटाउने भनेर विज्ञहरुसँग छलफल गरेको छ।
विज्ञहरुले फ्रन्टलाईनमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन समितिलाई सुझाव दिएका छन् । बढीभन्दा बढी परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन उनीहरुले सुझाव दिएका छन् ।

समितिको शुक्रबार नै बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी भने परिवर्तन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताउनुभयो ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको सचिव विडारीले बताउनुभयो ।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गररेको छ ।

सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताउनुभयो ।

लकडाउन थपबारे शनिबार बस्ने उच्चस्तरीय समन्वय समिति बैठकमा छलफल हुनेछ । समितिले दिने सिफारिसका आधारमा मन्त्रिपरिषद्ले लकडाउनबारे अन्तिम निर्णय गर्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  २ : २९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल