१८ श्रावण २०८३, सोमबार | August 3, 2026

जेठ ५ पछि पनि लकडाउन थप गर्ने सरकारको तयारी, मोडालिटी परिवर्तन हुने



काठमाडौं । सरकारले जेठ ५ गतेपछि थप गर्ने लकडाउनको तयारी सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण झन बढ्न थालेको भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले कोरोना कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सुझाव दिए लगत्तै लकडाउन थपको तयारी सुरु भएको हो ।

समितिले शुक्रबार लकडाउन कसरी व्यवस्थित बनाउने र कोरोनाको जोखिम कसरी घटाउने भनेर विज्ञहरुसँग छलफल गरेको छ।
विज्ञहरुले फ्रन्टलाईनमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन समितिलाई सुझाव दिएका छन् । बढीभन्दा बढी परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन उनीहरुले सुझाव दिएका छन् ।

समितिको शुक्रबार नै बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी भने परिवर्तन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताउनुभयो ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको सचिव विडारीले बताउनुभयो ।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गररेको छ ।

सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताउनुभयो ।

लकडाउन थपबारे शनिबार बस्ने उच्चस्तरीय समन्वय समिति बैठकमा छलफल हुनेछ । समितिले दिने सिफारिसका आधारमा मन्त्रिपरिषद्ले लकडाउनबारे अन्तिम निर्णय गर्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  २ : २९ बजे

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा