२० मंसिर २०८२, शनिबार | December 6, 2025

बन्द भयो अर्जुन र जोनको ‘अय्यप्पनम कोशियुम’



काठमाडौं । मलयालमको हिट फिल्म ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकका विषयमा केही समयदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा थियो ।

फिल्मका लागि कलाकार फाइनल भइसकेको र चाँडै सुटिङमा जाने तयारी रहेको जानकारी निर्माण पक्षले मिडियामाझ दिइसकेका थिए । तर अब यो तयारी केवल तयारीमा मात्र सीमित भएको छ ।

समाचारअनुसार अर्जुन कपूर र जोन अब्राहमको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको हालका लागि निर्माणको काम बन्द गरिएको छ । फिल्मका निर्देशक जगन शक्तिले यो बन्द गर्नका लागि कैयौं कारण दिएका छन् ।

उनले अभिनेता जोन हाल शाहरुख खानको फिल्म ‘पठान’मा व्यस्त हुनु र अर्जुन पनि कैयौं काममा व्यस्त भएकाले उनीहरुले समय दिन नसक्नुलाई प्रमुख कारण मानेका छन् ।

हालैमात्र हरेक स्थानमा छाएको साउथ सुपरस्टार पवन कल्याणको फिल्म ‘भीमला नायक’ सन् २०२० को मलयालम हिट फिल्म ‘अय्यप्पन कोशियुम’को तेलुगु भर्सन हो । मलयालम भर्सनमा पृथ्वीराज र बीजू मेनन प्रमुख भूमिकामा छन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ३१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय