१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

कुष्ठ रोगीलाई हेला हैन उपचारको व्यवस्था गरौँ : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

२४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा शुक्रबार आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल तथा साउथ वेष्टर्न स्टेट कलेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

कुष्ठ रोगी मात्र नभएर कुनै पनि किसिमा बिरामीलाई हेला नगरी उपचारको व्यवस्था गर्नु परिवार र राज्यको दायित्व रहेको बताएका उनले समाजमा देखिएका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनले रोगीमाथि गरिने हेला र जातीय विभेद अन्त्य गरेर समाजमा सबैले सम्मानसाथ बस्न पाउने वातावरण बनाउनु सबैको दायित्व र कर्तव्य रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा। रविन्द्र बास्कोटाले पनि कुष्ठ रोगीलाई हेला नगरी बेलैमा उपचार गराउनु पर्ने बताए । कुष्ठ रोगको नेपालमा निःशुल्क उपचार हुने गरेको उनले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले पनि कुष्ठ रोग उपचार गरेर सहज जीवनायपनको व्यवस्था गराउनु समाज र राज्यको दायित्व र कर्तव्य भएको बताए ।

कुष्ठ रोग निदानका लागि डब्लूएचओ र यसका सदस्य राष्ट्रले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनले रोगीलाई बेलैमा स्वास्थ्य संस्थामा लगेर उपचार गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : ४८ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट