७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टद्वारा सांसद र पार्टीबाट राजीनामा



सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहेका विष्टले गएर अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टी त्यागेको घोषणा गरेका हुन् ।

‘मैले आजदेखि पार्टी र सांसद पदबाट राजीनामा दिएको छु’, उनले भने, ‘तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन ।’

कर्णाली प्रदेशमा पछिलो समय राजनीतिमा खरो विषयमा आवाज उठाउने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले कर्णालीको माओवादी केन्द्रमा हलचल आएको छ ।

यस्तै, कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसदलाई छिरिङ डम्डुल लामा (कार्चेन लामा)लाई मन्त्री बनाएको विषयमा उनको चर्को अस्नतुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथनप्रति बिरोधमा थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : २६ बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज