११ असार २०८३, बिहिबार | June 25, 2026

वीरगञ्जमा पनि भेटियो बर्डफ्लु



वीरगन्ज । वीरगन्जमा पनि कुखुरामा बर्डफ्लु संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लु देखिएको हो ।

बर्डफ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् ।

फर्ममा रहेका कुखुरा बर्डफ्लु संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरुको टोलीले उक्त फर्ममा रहेका जिउँदो ३० वटा कुखुरा, अण्डा २ हजार पिस, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको खनालले बताए ।

बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाइ सिल गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिए ।

भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको यादवले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : १८ बजे

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका

रास्वपाको मतदान सम्पन्न, ११ सय बढी प्रतिनिधि मतदानमा सहभागी भएनन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका

रास्वपाले स्वीकार्यो महाधिवेशनको व्यवस्थापकीय कमजोरी, ६० प्रतिशत मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनअन्तर्गत भएको मतदानमा

दश हजार भायल एन्टि-रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १०

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा