१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल



चितवन । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन्।

उद्योग वाणिज्य सङ्घ चितवनको ५५औँ वार्षिक साधारणसभा एवं अधिवेशनको शनिबारउद्घाटन गर्दै उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकारको एकमत भएमा आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुने बताए ।

सबैको सहकार्यमा संसारको सबैभन्दा राम्रो पर्यटकीयस्थलका रूपमा चितवनलाई स्थापित गराउन सकिने सम्भावना रहेको समेत ढकालले बताए । “यहाँका सम्भावित सबै प्रकारका उद्योगमा मेरो व्यक्तिगत, नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत तथा म अध्यक्ष रहेको बैंकको तर्फबाट जोडिन तयार छु”, ढकालले भने, “अहिलेको विषम परिस्थितिबाट माथि उठ्नका लागि सबैको साथ र सहयोग आवश्यक छ ।”

कोभिड–१९ को सङ्क्रमण तथा दुई देशको युद्धका कारण सबै क्षेत्रमा मूल्यवृद्धि भइरहेको ढकालको भनाइ छ ।

“आगामी दिन अझ कठिन हुन सक्नेतर्फ हामी सबै सचेत हुनु जरुरी छ”, ढकालले भने, “यो अवस्थाबाट पार हुन सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।”

उद्योग वाणिज्य सङ्घ चितवनको साधारणसभा उद्घाटनका क्रममा व्यवसायी, पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : २४ बजे

संविधान संशोधनको तयारी तीव्र, कार्यदलद्वारा कानुनविद्सँग परामर्श

काठमाडौं । सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ मार्फत

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका-११ भिमटारका बाटुले माझी ४५ वर्षको

संसद् स्थगित गरेको सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं । संसद् अधिवेशन आह्वान भइसकेपछि त्यसलाई स्थगित गरेर सरकारले

मुस्ताङमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा टीयू परिसरमा मार्चपास 

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी