१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन, अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ : बाबुराम भट्टराई



काठमाडौं । प्रकाश सुपतकाे ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखाे टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेकाे बताएका छन् ।

बरु उनले याे गीतले अपूर्ण क्रान्तिकाे पीडा दर्शाएकाे र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

गत शुक्रबार सार्वजनिक भएकाे गीतमा १० वर्ष सशस्त्र द्वन्द्वकाे नेतृत्व गरेकाे नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएकाे छ । तत्कालीन अवस्थामा लडाइँमा हाेमिएका छापामारकाे पीडा गीतमा पाेखिएकाे छ ।

याे गीतमा वैदेशिक राेजगारीकाे पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएकाे छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले  @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ०७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा