१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल



काठमाडौं । एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए । यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।

साथै एमसीसी सम्झौता अनुमोदन भइसकेपछिको अवस्थाबारे पनि सदनलाई जानकारी दिन सांसद रालवले माग गरेका छन् ।

यस्तै सांसद प्रेम सुवालले भने लिपुलेकसहितका क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।

आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : १९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट