१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरियन भाषा परीक्षाको आवेदन १४ चैतदेखि, परीक्षा तालिका पनि सार्वजनिक



काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक)का लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो ।

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ भने उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ ।

सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ। ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ । परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ३७ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा