६ श्रावण २०८३, बुधबार | July 22, 2026

जिएमइ रेमिट र फेडरल एक्स्चेन्ज बिच रेमिट्यान्स सम्झौता



काठमाडौ ।जिएमइ रेमिट प्रा.लि र युएइ स्थित मनी एक्स्चेन्ज कम्पनी फेडरल एक्स्चेन्ज  बिच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा नेपालका जिएमइ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र फेडरल एक्सचेन्जको तर्फबाट रजह आर आर लियानागे ले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै युएइमा रहेका नेपालीहरुले फेडरल एक्सचेन्जका कुनै पनि ११ शाखाबाट जिएमइ रेमिट मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको रेमिट्यान्स रकम नेपालमा रहेका जिएमइ रेमिटसँग आवद्ध २०,००० भन्दा बढी एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने छ ।

साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी Real Time Deposit गर्न सकिने र यसका साथै IME Pay Wallet मा पनि सजिलै पैसा पठाउन र पाउन सकिनेछ ।

विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जिएमइ रेमिट ले पछिल्लो समय आफ्नो सेवा विस्तार र ग्राहकको सहजताका लागि रेमिट्यान्स सम्झौतालाई तिब्रता दिदै आएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ०८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज