२ पुस २०८२, बुधबार | December 18, 2025

आर्मीले चौथो पटक उचाल्यो झापा गोल्डकपको उपाधि



काठमाडौं । पाँचौं झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ ।

झापाको डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा झापा-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

उपाधिका लागि आर्मीका टेकबहादुर १८ औं मिनेटमा टेकबहादुर बुढाथोकी र २० औं मिनेटमा जर्ज प्रिन्स कार्की एक/एक गोल गरेका थिए । झापा-११ का लागि विमल घर्ती मगरले २४ औं मिनेटमा एक गोल फर्काएका थिए ।

पहिलो हाफमा २-१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो । दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे पनि सफलता हात पार्न सकेन । योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ ।

झापा-११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा विजयी आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापा-११ ले ६ लाख पाँच हजार हात पारेको छ । समापन समारोहमा झापा-११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ३६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल