१२ बैशाख २०८३, शनिबार | April 26, 2026

आर्मीले चौथो पटक उचाल्यो झापा गोल्डकपको उपाधि



काठमाडौं । पाँचौं झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ ।

झापाको डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा झापा-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

उपाधिका लागि आर्मीका टेकबहादुर १८ औं मिनेटमा टेकबहादुर बुढाथोकी र २० औं मिनेटमा जर्ज प्रिन्स कार्की एक/एक गोल गरेका थिए । झापा-११ का लागि विमल घर्ती मगरले २४ औं मिनेटमा एक गोल फर्काएका थिए ।

पहिलो हाफमा २-१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो । दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे पनि सफलता हात पार्न सकेन । योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ ।

झापा-११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा विजयी आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापा-११ ले ६ लाख पाँच हजार हात पारेको छ । समापन समारोहमा झापा-११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ३६ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा