१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

स्थानीय तह निर्वाचन : रणनीति बनाउँदै एमाले



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ । फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो ।

एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ । यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ । ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ । अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो ।

बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ । एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८-९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको बैठक बोलाएको छ ।

एमालेबाट माधव नेपाल नेतृत्वको समूह विभाजन भए पनि माओवादी केन्द्रका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा, मणि थापालगायतका नेता एमालेमै बसेका कारण यस दलका नेता कार्यकर्ताको मनोबल बढेको छ । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : २७ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको