१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने



सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् ।

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मानवीय साधनहरूको क्षति भएको भन्दै समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताउदै चैत्र १ मंलबारबाट ठप्पै गराउने निर्णय गरेको बताए ।

हेलम्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीका अनुुसार “लामो समय देखि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको ,जति ज्ञापन पत्र बुझाउदै आए पनि बाढीबाट प्रभावित क्षेत्रको समस्या समाधान नभएको, बाढी गएको ९ महिना बितिसक्दा पनि राज्यको ध्यान नपुगेको , राज्यको ध्यान नपुगेसम्म सबै काम बन्द गर्ने निष्कर्ष छ । ”

कार्यक्रममा सांसद शेरबहादुर तामाङ , नेकपा एमालेका पुर्व अध्यक्ष हस्त पण्डित, नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकूष्ण देउजा , मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल , वडाध्यक्ष लगाएतका जनप्रतिनिधिहरुको उपस्थितमा सो निर्णय भएको नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकृष्ण देउजाले बताए ।

यस अघि पनि समितिले विभिन्न माग अगाडि सादै चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ३३ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित