४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाली लगाउनु अघि नै किसानको नाफा सुनिश्चित गरिने



काठमाडौं । किसानले बाली लगाउनुअघि नै उसको नाफा सुनिश्चित गर्ने नीति सरकारले ल्याएको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले किसानको बाली संरक्षण गर्ने नीति सार्वजनिक गर्नुभएको हो । राष्ट्रपति भण्डारीले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने बताउनुभयो । कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममा आगामी १० वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायिक कृषि अभ्यासको योजना ल्याउने उल्लेख गरिएको छ । कृषियोग्य भूमिको पूर्ण परिचालन गर्ने, रासायनिक मल र उन्नत जातको बीऊको वितरण स्थानीय तहमार्फत गर्ने सरकारको नीति छ ।

स्थानीय तहमा बीऊ, नश्ल सुधार, बजारीकरणको इकाइ बनाइने, कृषि उपजको मूल्य श्रृङ्खलामा कृषि तथ्यांक एकीकृत गरिने, खाद्य स्वच्छता प्रर्वद्र्धन गर्ने, कृषि भूमिको सदुपयोग गरी भूमि बैंकको व्यवस्था गर्ने र चक्लाबन्दी खेतीमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै आधुनिक यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातमा प्रोत्साहन गर्ने योजना पनि नीति तथा कार्यक्रममा ल्याइएको छ ।

स्थानीय तहमार्फत करार खेतीमा प्रोत्साहन गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गरेर लागू गर्न र राष्ट्रिय आवश्यकता र स्थानीय उत्पादनको आधारमा ठूलो क्षेत्रमा एकै खाले उत्पादनमा जोड दिने, अन्य परियोजनासंंग दोहोरो नपर्ने गरी काम गर्ने सरकारको नीति छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ६ : ४२ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा