७ आश्विन २०८३, बुधबार | September 23, 2026

बोतलमा पेट्रोल नबेच्न प्रशासनको चेतावनी



ताप्लेजुङ । बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीे गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुले २४ घण्टे अल्टिमेटम दिएको छ ।

फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधिनिकरुपमा खुल्ला रुपमा पेट्रोलिय पदार्थको कारोबार भइरको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो ।

विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा पानीको बोतलमा राखेर जथाभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा प्रज्ज्वलनशील वस्तु पेट्रोल बिक्री वितरण गर्नेलाई कारबाही गरिने भएको हो ।

तोकिएको समयभित्र नहटाएमा वा बोतलमा राखेरै पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा तत्काल जफत गरी बिक्रेतालाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले चेतावनी दिए ।

सदरमुकाम फुङ्लिङ बजारमा पहिलेदेखि नै तरकारी, किराना, फलफूलजस्ता पसलमा व्यापारीले पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेका छन् । यस्ता पसलहरुमा बिक्री गरिने कतिपय पेट्रोलियम पदार्थमा पानी वा अन्य तरल पदार्थ मिसाएर बिक्री हुने गरेको बताइँन्छ । यस्तै पेट्रोलियम पदार्थ अति प्रज्ज्वलनशील भएकाले आगलागीको जोखिम पनि उत्तिकै रहँदै आएको स्थानीयले बताउने गरेका थिए । यसरी विगतदेखि नै गैरकानुनी रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरिएको भए पनि नियमक निकाय भने मुकदर्शकजस्तै भएको उपभोक्ताको आरोप छ ।

त्यस्तै मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका र सडे-गलेका खाद्य पदार्थहरु पनि फेला परेको अनुगमन टोली जनाएको छ । सदरमुकाम फुङ्लिङ बजारका माछा मासु पसलमा कुहिएको तथा सडेको माछामासु फेला परेको थियो । केही पसलमा निक्कै सडेको र कुहिएको माछा मासु फेला परेकाले जफत गरी नष्ट गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।

यता सडे–गलेको माछामासु बिक्री गरेको भेटिएपछि पुनः दोहोरिएको पाइएमा कानुनी कारबाही हुनेतर्फ सचेत गराइएको छ । यस्तै केही किराना पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तुहरु पनि फेला परेको बताइएको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ४७ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक