१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढ्ने निश्चित, भारतले पठायो नयाँ मूल्यसूची



पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढ्ने निश्चित, भारतले पठायो नयाँ मूल्यसूची

काठमाडौ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने निश्चित भएको छ ।
भारतीय आयल कर्पोरेसनले उच्च दरले इन्धनको मूल्य बढाएर नेपाल आयल निगमलाई पठाएसँगै मूल्यवृद्धि हुने निश्चित भएको हो ।

बुधबार भारतबाट प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।

हालको बिक्रिमूल्यअनुसार पेट्रोलको उपभोक्ता मूल्य १५० रुपैयाँ छ । निगमले पेट्रोलमा मात्रै प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा घाटा भएको जनाएको छ । यसैगरी डिजल र मट्टितेलको मूल्य १३३ रुपैयाँ, हवाई इन्धनको आन्तरिकतर्फ १३६ रुपैयाँ र बाह्यतर्फ १ दशमलव २९५ डलर प्रति लिटर मूल्य छ ।

यसैगरी अहिले खाना पकाउने ग्याँसको मूल्य १५७५ रुपैयाँ रहेको छ । ग्याँसमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमले जनाएको छ । मट्टितेल र हवाई इन्धनमा भने निगम अझै पनि नाफामै रहेको छ ।

यससँगै पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ । जसअनुसार एकमहिनामा निगमलाई १० अर्ब बढीको नोक्सानी पुग्नेछ ।

 

 

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ५४ बजे

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे