४ असार २०८३, बिहिबार | June 18, 2026

नबिल बैंक र नेपाल मोबाइल वितरक संघ बिच सम्झौता



काठमाडौ । नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघ संग सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद«ा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै, बस्नेत (डनिल) ले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पुर्याउन निरन्तर लागी परिरहेको जानकारी गराए ।

यस साझेदारी अन्तर्गत संघ संग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : १२ बजे

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय

रास्वपाका महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन

सरकारी भोगाधिकारको जग्गा लिजमा रुपान्तरण गर्न विभागको पत्राचार

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति,

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक