१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

जीवन भोगाईका गोप्य घटना खुलासा गर्दे प्रकाशित ईश्वरी कर्माचार्यको “जीवनको सेरोफेरो” बिमोचन



काठमाडौं। पर्वत बेनीबाट काठमाडौं बसाई सरेर गएका ईश्वरी कर्माचार्यद्वारा लिखित पुस्तक “जीवनको सेरोफेरो” बिमोचन भएको छ। सोमबार बेनी समाजले आयोजना गरेको विशेष कार्यक्रमकाबीच कवि, साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पुस्तकको बिमोचन गरे।

लेखकका आफ्नो जीवन भोगाईका अनुभूतिहरु समेटिएको पुस्तकमा लेखकका बैंशका अन्तरङ्ग स्मरणहरु समेत समावेश गरिएका छन् । पहिलो बिबाहलाई यथावत राखेर दोश्रो अन्तरजातीय विवाह गर्नुको गोप्य खुलासा, यौवन उमेरमा देखेका बैंशालु सपना र सपना पुरा गर्न विभिन्न कालखण्डमा भोगेका घटनाहरुलाई पुस्तकमा लिपीबद्ध गरिएको लेखक कर्माचार्यले बताए । अन्धविश्वास, कुरिती र रुढिबादी संस्कारका विरुद्ध आफ्ना बुवाका पाला देखि गरिएको बिद्रोह, विद्रोहकै क्रममा समाजमा भोग्नु परेको समस्याहरुलाई समेत पुस्तकमा समेटिएको उनले बताए ।

यस्तै पुस्तकमा रोजगारीको सिलसिलामा नेपालबाट भारतसम्म जानेहरूको संघर्षका कथाहरु सहित लेखकका गीत, कविता तथा गजलहरू समेत सङ्ग्रहित गरिएका छन् ।

कार्यक्रममा बेनी समाज काठमाडौंका अध्यक्ष श्याम श्रेष्ठ, संस्थाका अध्यक्ष सरोज श्रेष्ठ, पूर्व प्राध्यापक भरत कुमार श्रेष्ठ सहित विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्व तथा ज्येष्ठ नागरिकहरूले लेखकको कलम चलाउने प्रयासको प्रशंशा गरेका थिए ।

पर्वतको बेनीमा जन्मेका लेखक कर्माचार्य पहिलो विवाहबाट २ छोरा १ छोरीको जन्म पछि अन्तरजातीय विवाह गरेर म्याग्दीको दाना तातोपानीमा लामो समय विताएपनि जीवनको उत्तरार्धमा दोस्रो विवाहलाई व्यवस्थापन गर्दै पहिलो विवाहकै परिवारमा रमाउन पुगेको अन्तरङ्ग संस्मरणलाई पुस्तकमा खुलासा गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ९ : १९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का