२३ असार २०८३, मंगलबार | July 8, 2026

जीवन भोगाईका गोप्य घटना खुलासा गर्दे प्रकाशित ईश्वरी कर्माचार्यको “जीवनको सेरोफेरो” बिमोचन



काठमाडौं। पर्वत बेनीबाट काठमाडौं बसाई सरेर गएका ईश्वरी कर्माचार्यद्वारा लिखित पुस्तक “जीवनको सेरोफेरो” बिमोचन भएको छ। सोमबार बेनी समाजले आयोजना गरेको विशेष कार्यक्रमकाबीच कवि, साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पुस्तकको बिमोचन गरे।

लेखकका आफ्नो जीवन भोगाईका अनुभूतिहरु समेटिएको पुस्तकमा लेखकका बैंशका अन्तरङ्ग स्मरणहरु समेत समावेश गरिएका छन् । पहिलो बिबाहलाई यथावत राखेर दोश्रो अन्तरजातीय विवाह गर्नुको गोप्य खुलासा, यौवन उमेरमा देखेका बैंशालु सपना र सपना पुरा गर्न विभिन्न कालखण्डमा भोगेका घटनाहरुलाई पुस्तकमा लिपीबद्ध गरिएको लेखक कर्माचार्यले बताए । अन्धविश्वास, कुरिती र रुढिबादी संस्कारका विरुद्ध आफ्ना बुवाका पाला देखि गरिएको बिद्रोह, विद्रोहकै क्रममा समाजमा भोग्नु परेको समस्याहरुलाई समेत पुस्तकमा समेटिएको उनले बताए ।

यस्तै पुस्तकमा रोजगारीको सिलसिलामा नेपालबाट भारतसम्म जानेहरूको संघर्षका कथाहरु सहित लेखकका गीत, कविता तथा गजलहरू समेत सङ्ग्रहित गरिएका छन् ।

कार्यक्रममा बेनी समाज काठमाडौंका अध्यक्ष श्याम श्रेष्ठ, संस्थाका अध्यक्ष सरोज श्रेष्ठ, पूर्व प्राध्यापक भरत कुमार श्रेष्ठ सहित विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्व तथा ज्येष्ठ नागरिकहरूले लेखकको कलम चलाउने प्रयासको प्रशंशा गरेका थिए ।

पर्वतको बेनीमा जन्मेका लेखक कर्माचार्य पहिलो विवाहबाट २ छोरा १ छोरीको जन्म पछि अन्तरजातीय विवाह गरेर म्याग्दीको दाना तातोपानीमा लामो समय विताएपनि जीवनको उत्तरार्धमा दोस्रो विवाहलाई व्यवस्थापन गर्दै पहिलो विवाहकै परिवारमा रमाउन पुगेको अन्तरङ्ग संस्मरणलाई पुस्तकमा खुलासा गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ९ : १९ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको