२० मंसिर २०८२, शनिबार | December 6, 2025

पशुमा कृत्रिम गर्भधारणको आकर्षण बढ्दै



काठमाडौं । मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ ।

सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन रहेको पशु विज्ञको अनुभव छ ।

राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका सूचना अधिकारी डा. जगतबन्धु नेपालीका अनुसार नेपाली भाले पशुमा गर्भधारण गराउने वीर्य उत्पादन गर्न सक्ने क्षमता धेरै रहेकाले यस्तो प्रचलन बढेको हो ।

वीर्य उत्पादन क्षमता उच्च भएकाले सीमितलाई राखेर बाँकीलाई कृषि तथा अन्य प्रयोजनमा लगाउने गरिएको उनको भनाइ छ ।

नेपालीका अनुसार एउटा परिपक्क साँढेले ३५ हजार गाईलाई गर्भधारण गर्न सक्ने वीर्य उत्पादन गर्छ । त्यसलाई नेपालमा अरू जातका गाईमा गर्भधारण गराएर पछिल्लो पुस्ताबाट धेरै उत्पादन लिन सकिने सम्भावना रहेको पनि नेपालीले बताए ।

केन्द्रका अनुसार एउटा राँगोले जीवनकालमा २८ हजार भैँसीलाई गर्भधारण गराउन सक्ने वीर्य उत्पादन गर्न सक्छ तर तीन वर्षदेखि पाँच वर्ष उमेर समूहका राँगोको वीर्य गुणस्तरीय हुने नेपालीले जानकारी दिए ।

केन्द्रले एउटा साँढे र राँगोबाट साताको दुई पटक वीर्य सङ्कलन गर्दै आएको छ तर प्राकृतिक रूपमा हुने गर्भधारण प्रक्रियामा भने एकै दिनमा एउटै भाले धेरै पटकसम्म सक्रिय हुनसक्ने नेपालीले बताए ।

केन्द्रले उच्च नश्लका राँगो र साँढेको वीर्य सङ्कलन गरेर देशव्यापी रूपमा वीर्य पठाउने गरेको छ । केन्द्रमा हाल आठवटा बोका, १६ वटा राँगो र ३७ वटा साँढेको वीर्य सङ्कलन गरेर त्यसलाई प्रशोधन गर्दै ६९ वटा जिल्लामा वितरण गर्ने गरेको छ । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ५५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल