८ पुस २०८२, मंगलबार | December 24, 2025

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ लाई कारबाही



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिए । तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् ।

होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि विशेष निगरानी गरेको महाशाखाले जनाएको छ ।

पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा एक हजार ३०० ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकामा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।

दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षाचौकी राखेर बिहानदेखि नै कडा जाँचको व्यवस्था मिलाएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ५९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना