६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुलभ एवम् सहज स्वास्थ्य सेवा प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

बागलुङको गलकोट नगरपालिका-५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पुर्‍याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पुर्‍याइने बताएका हुन् ।

सीमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको जानकारी दिए । गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको क्षमताअनुसार काम गर्दै आएको बताए ।

प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेत्री पियारी थापा, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, उपमेयर रेनुकुमारी काउचा मगर, स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष नारायणध्वज मल्ल, प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर विक, मेडिकल अधिकृत डा सन्देश मल्ल, धौलागिरि अञ्चल अस्पतालका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका नेता मञ्जेशवम मल्ल, संविधान सभा सदस्य पूर्णबहादुर राना, सामुदायिक सेवा केन्द्र अध्यक्ष मञ्जु शर्मा चालिसे, जनमोर्चाका नेता टङ्कबहादुर केसी, वडा नम्बर ६ का वडाध्यक्ष नरबहादुर खत्री, अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष कमला ढकाललगायतले अस्पतलातको दिगो एवं प्रभावकारी व्यवस्थापनका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

तीन शय्याका लागि स्वीकृति पाएको भए पनि हाल अस्पतालमा १५ शय्या चालु अवस्थामा छन् । कूल आठ रोपनी जमिनमा रु सात करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । दुई जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक एक हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : २७ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन