२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सुलभ एवम् सहज स्वास्थ्य सेवा प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

बागलुङको गलकोट नगरपालिका-५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पुर्‍याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पुर्‍याइने बताएका हुन् ।

सीमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको जानकारी दिए । गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको क्षमताअनुसार काम गर्दै आएको बताए ।

प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेत्री पियारी थापा, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, उपमेयर रेनुकुमारी काउचा मगर, स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष नारायणध्वज मल्ल, प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर विक, मेडिकल अधिकृत डा सन्देश मल्ल, धौलागिरि अञ्चल अस्पतालका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका नेता मञ्जेशवम मल्ल, संविधान सभा सदस्य पूर्णबहादुर राना, सामुदायिक सेवा केन्द्र अध्यक्ष मञ्जु शर्मा चालिसे, जनमोर्चाका नेता टङ्कबहादुर केसी, वडा नम्बर ६ का वडाध्यक्ष नरबहादुर खत्री, अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष कमला ढकाललगायतले अस्पतलातको दिगो एवं प्रभावकारी व्यवस्थापनका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

तीन शय्याका लागि स्वीकृति पाएको भए पनि हाल अस्पतालमा १५ शय्या चालु अवस्थामा छन् । कूल आठ रोपनी जमिनमा रु सात करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । दुई जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक एक हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : २७ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको