२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न थालियो



तनहुँ । कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।

महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ ।

तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए । ‘महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ’, उनले भने । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए ।

तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताए । तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ ।

महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो ।

कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो । गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ३६ बजे

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस

“ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्छ “

काठमाडौं । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी

प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई