१६ श्रावण २०८३, शनिबार | August 1, 2026

यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुखसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । गण्डकी प्रदेशको पोखरास्थित यातायात व्यबस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्यमा तत्कालिन समयमा गण्डकी प्रदेश पोखराको यातायात व्यबस्था कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बराल रहेका छन् ।

सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गराई उनीहरुले भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।

पोखरामा २०७५ मंसिर र २०७६ कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरुले अनुत्तीर्णलाई उत्तीर्ण गराएका थिए ।

अनुसन्धानमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी परीक्षाको परिणाम फेरवदल गर्ने कार्यमा उनीहरु संलग्न रहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ३२ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको