२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेवा: दय दबूको लुम्बिनी प्रदेश अध्यक्षमा बिजुला जोशी



बुटवल । नेवाः दय दबूको दोस्रो अधिवेशनले नवलपरासीकी बिजुला जोशीको नेतृत्वमा २९ सदस्सीय सर्वसम्मत प्रदेश समिति निर्वाचित गरेको छ ।

आज अपरान्ह सम्पन्न प्रदेशको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बाबुराम श्रेष्ठ (रुपन्देही), उपाध्यक्षमा टिका श्रेष्ठ (दाङ), उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ (बाँके) लाई निर्वाचित गरेको छ ।

त्यसैगरि महासचिवमा चिरन्जिवी श्रेष्ठ(रुपन्देही), सचिवद्वयमा रमेश श्रेष्ठ ( बर्दिया ) र सुशिला श्रेष्ठ (कपिलवस्तु) तथा कोषाध्यक्षमा साहना श्रेष्ठ(दाङ) निर्वाचित भएका छन् ।

अधिवेशनले २ जना सदस्य पछि थप गर्ने गरि २१ जना सदस्यहरुको समेत सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनमा निर्वाचनका लागि गठित अध्यक्ष मण्डलले प्रस्ताव गरेको पदाधिकारी तथा सदस्इहरुको प्रस्तावलाई १२ जिल्लाबाट प्रतिनिधित्व गरेका प्रतिनिधिहरुले सर्वसम्मत अनुमोदन गरेको नव निर्वाचित महासचिव जिरन्जिवी श्रेष्ठले जानकारी दिए ।

अधिवेशनको दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले उदघाटन गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ३४ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार