१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

एक्सन अवतारमा आउँदै सामन्था



काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु आगामी फिल्म ‘यशोदा’को तयारीमा जुटेकी छन् । यो फिल्ममा उनले धेरै स्टन्ट दृश्य दिँदैछिन् । यसका लागि उनले हलिउडको स्टन्टमेनबाट तालिम लिँदैछिन् ।

समाचार अनुसार उनलाई हलिउडका स्टन्टमेन यानिक बेनले तालिम दिनेछन् र उनको कोरियोग्राफ पनि गर्नेछन् । यसअघि सामन्थाले यानिकका साथ प्रख्यात वेब सिरिज ‘द फेमिली मेन २’ मा काम गरेकी थिइन् । फिल्ममा सामन्थाको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

फिल्मको निर्देशक हरि-हरीश जोडीले गर्दैछन् । उनीहरु यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । श्रीदेवी मुभिजको व्यानरमा बन्ने फिल्मको निर्माण शिवलेंका कृष्ण प्रसादले गर्दैछन् ।

साइन्स फिक्सन थ्रिलर फ्लेभरको फिल्मको बजेट निकै महंगो रहने बताइएको छ ।

फिल्मको हिन्दी भर्सनमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै पेन इण्डियाले यसलाई बलिउडमा रिलिज गर्नेछ । फिल्म तेलुगु, तमिल, मलयालमसँगै कन्नडमा पनि रिलिज हुनेछ ।

सामन्था गत वर्ष डिसेम्बरमा रिलिज अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पा द राइज’को आइटम गीत ‘ऊ अँटावा’का कारण चर्चामा थिइन् । यो गीतपछि उनलाई धेरै बलिउड फिल्मबाट अभिनयको अफर आएको थियो ।

सामन्थाले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन् । त्यसपछि उनले सन् २०१० मा रिलिज फिल्म ‘ये माया चेसावे’बाट तेलुगु फिल्म उद्योगमा पाइला चालेकी हुन् ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : २३ बजे

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय