२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ



चितवन । १५ वर्षिय नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले माडी नगरपालिका-१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।

कक्षा ९ मा अध्ययनरत नाबालिकालाई शिक्षक लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेपछि उनलाई पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ पर्ने लामिछाने माडी-५ का स्थानीय हुन् । अधिकारीका अनुसार पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।

नेपाल शिक्षक संघ माडी इकाईले भने पक्राउ परेका शिक्षकलाई अशोभनीय र अपाच्य व्यवहार गरिएको बताएको छ । नेपाल शिक्षक संघ माडी नगर समितिका अध्यक्ष विश्वनाथ घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी आरोपित शिक्षकलाई कारबाहीको माग गर्ने क्रममा शिक्षकलाई अपमानित र दुर्व्यवहार गरिएको बताएका हुन् । पेशाकर्मीमाथि यस्ता नगर्न संघले अपिल गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : ३५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन