६ श्रावण २०८३, बुधबार | July 22, 2026

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ



चितवन । १५ वर्षिय नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले माडी नगरपालिका-१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।

कक्षा ९ मा अध्ययनरत नाबालिकालाई शिक्षक लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेपछि उनलाई पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ पर्ने लामिछाने माडी-५ का स्थानीय हुन् । अधिकारीका अनुसार पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।

नेपाल शिक्षक संघ माडी इकाईले भने पक्राउ परेका शिक्षकलाई अशोभनीय र अपाच्य व्यवहार गरिएको बताएको छ । नेपाल शिक्षक संघ माडी नगर समितिका अध्यक्ष विश्वनाथ घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी आरोपित शिक्षकलाई कारबाहीको माग गर्ने क्रममा शिक्षकलाई अपमानित र दुर्व्यवहार गरिएको बताएका हुन् । पेशाकर्मीमाथि यस्ता नगर्न संघले अपिल गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : ३५ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९