३० भदौ २०८३, मंगलबार | September 15, 2026

अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प २०२२ सुरु



काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२ ’ देशैभरी आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ ।

आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर  दिनेश श्रेष्ठ, गोल्डेन गूगल यातायातका सन्चालक रजन रोक्का, प्राईम यातायातका श्री श्रेष्ठ, साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथीमा काठमाडौंमा संयुक्त रुपमा रिबन काटी समुद्घाटन गरिएको हो ।

यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५०% सम्म छुट, लुब्रिकेन्टमा १२% सम्म छुट र लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ ।

यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।

यस सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ ।

ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ०९ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी